नौ वर्षीया बालिका हत्या आरोपित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नौ वर्षीया बालिका हत्या आरोपित पक्राउ


७ असार २०७८, सोमबार


pakrau

सप्तरी । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई आज नियन्त्रणमा लिएको छ ।

डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई नियन्त्रणमा लिएको हो ।

हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो । शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार भएको छ ।

यौन दुव्यर्वहारपछि हत्या गरेका आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि आज राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको सप्तरी प्रहरीले जनाएको छ ।

हत्याका मुख्य आरोपित रोहित भएको खुलिसकेको र सहयोगीहरु हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस