सैनिक जवानले आफैलाई हाने गोली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सैनिक जवानले आफैलाई हाने गोली


७ असार २०७८, सोमबार


काठमाडौँ । नेपाली सेनाको चण्डीप्रसाद गण वीरगञ्जमा कार्यरत एक सिपाहीले आफैलाई गोली हानेका छन्। आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले आफैमाथि गोली प्रहार गरेका हुन्।

पोखरिया नगरपालिका–५ का चौहान आफैले चलाएको गोलीले गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

उनले आत्महत्याको प्रयास गरेर आफैमाथि गोली चलाएको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस