प्रदेशका योजनाबाट प्राविधिकलाई कमिशन ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेशका योजनाबाट प्राविधिकलाई कमिशन !


५ असार २०७८, शनिबार


बाजुरा । सुदूरपश्चिम प्रदेश सरकारका योजनाबाट प्राविधिकले दश प्रतिशतसम्म कमिशन लिएको पाइएको छ ।

प्राविधिकले प्रत्येक योजनाबाट १० प्रतिशत रकम लिएर बिल उठाइरहेको उपभोक्ताको आरोप रहेको छ । प्राविधिकहरुले योजनाको स्थलगत अनुगमन नगरेर मार्तडीमै बसेर बिल उठाउने गरेको पाइएको छ ।

प्रदेशको जिल्ला डिभिजन वन कार्यालय बाजुराअन्र्तगत पर्यटन पूर्वाधार कार्यक्रम तथा प्रदेश भूर्वाधार कार्यक्रम अन्र्ततगका योजनाबाट कमिसन लिएर योजनाको भूक्तानी दिने गरेको एक उपभोक्ता समितिका अध्यक्षले बताएका छन् ।

जिल्लामा पर्यटन पूर्वाधार कार्यक्रम अन्र्तगत २९ योजना र प्रदेश पूर्वाधार कार्यक्रम अन्र्तगत २७ योजना रहेका छन् ।
जिल्ला डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी राजन कुँवरका अनुसार सबै योजनामा प्राविधिक नपुगेको स्वीकार गर्दै जनशक्ति थप्नुपर्ने बताए ।

पर्यटन पूर्वाधार कार्यक्रमअन्र्तगत बाजुरा खर्टाएका इञ्जिनियर प्रशान्त बोहराले भने कमिशन लिएको सत्य नभएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस