पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु


५ असार २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ६८८ र ७१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख १९ हजार ६३५ र एन्टिजेन पोजेटिभ २५ हजार ५७४ पुगेको छ । हालसम्म ३२ लाख ६२ हजार ५८९ को पिसिआर र एक लाख ३८ हजार ३१३ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट हालसम्म मृतकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ ।

बितेको २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । कारोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत रहेको छ ।

मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २५ लाख १९६ ले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाएका छन् । दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या सात लाख ३१ हजार ६५३ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस