हत्या आरोपमा चार युवक पुर्पक्षका लागि थुनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

हत्या आरोपमा चार युवक पुर्पक्षका लागि थुनामा


५ असार २०७८, शनिबार


सप्तरी । जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो । अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमार यादव, २४ वर्षीय मुकेशकुमार यादव र खडक नगरपालिका–५ का ३१ वर्षीय महेशकुमार पासवानलाई थुनामा पठाएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि रुपनी गाउँपालिका–१ रायपुरका ५० वर्षीय रामदल यादवलाई भुईमा लडाई लछार पछार गरी धारिलो हतियार खुकरीले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप छ । रुपनीवाट राजविराजतर्फ जाने सडक किनारमा टाउकोमा धारिलो हतियारले काटेर रक्ताम्य अवस्थामा जेठ ६ गते फेला परेका घाइते रामदलको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा जेठ १० गते मृत्यु भएको थियो ।

प्रहरीले अरोपितहरुलाई जेठ ६ गते नै पक्राउ गरेकोमा रामदलको मृत्युपश्चात कर्तव्य ज्यान मुद्दामा कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस