जाजरकोटमा सात जना बेपत्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जाजरकोटमा सात जना बेपत्ता


३ असार २०७८, बिहिबार


बालक बेपत्ता

कर्णाली ब्युरो । जाजरकोटमा पशु चौपाया छोड्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । जलजला पाटनमा पशु चौपाया छाड्न गएका कुशे गाउँपालिका वडा नं. ८ र ९ का ७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

‘जलजला पाटन’ मा पशु चौपाया छोड्न गएका कुशे गाउँपालिका –८ र ९ का ११ मध्ये ४ सम्पर्क र ७ जन सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी मधु कुमार थापाका अनुसार गत जेठ ३१ गते २२ गाई, १२ भैँसी र ५० बाख्रा लिएर ११ जना जलजला पाटन क्षेत्रमा छोड्न गएका थिए । भारी वर्षा र हावाहुरीले ११ जनाको समूह विच्छेद भएपछि चार जना कुशे प्रहरी चौकीको सम्पर्कमा आएका र बाँकी सम्पर्कविहीन भएका छन् ।

बेपत्ता भएका ११ मध्ये कुशे – ८ का वर्ष ४४ का भक्त बहादुर रोकाय, वर्ष १० का किशोर रोकाय, वर्ष १४ का दुर्गा रोकाय र वर्ष ५५ की गङ्गा रोकायसहित ५ जना प्रहरीको सम्पर्कमा आएको थापाले जानकारी दिए ।

उनका अनुसार वर्ष ३५ का डिल बहादुर खड्का, वर्ष २५ का विक्रम खड्का, वर्ष २८ की चन्द्रा खड्का, वर्ष १८ का भविन्द्र खड्का, वर्ष १२ का भीम बहादुर खड्का, वर्ष १७ की धनसरा खड्का र कुशे – ९ की ४० वर्षिया कृष्णा रोकायसहित ७ जना सम्पर्कविहीन रहेका छन् ।

त्यस्तै सम्पर्कविहीन ७ जनाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस