एमिकस क्युरीमा सर्वोच्च बारबाट घिमिरे र केसी सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमिकस क्युरीमा सर्वोच्च बारबाट घिमिरे र केसी सिफारिस


१ असार २०७८, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाईका लागि सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ ।

सर्वोच्च बारको आज (मंगलबार) बसेको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य विकास भट्टराईले जानकारी दिए ।

जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध परेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २र२ जना एमिकस क्युरी माग गरेको थियो ।

कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन छ ।

प्रतिनिधिसभा विघटन विरुद्धमा सर्वोच्चमा २४ रिट निवेदन दर्ता भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस