२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कर्मचारीलाई निगमको विमान प्रयोग गर्नुपर्ने बाध्यकारी प्रावधान राख्न प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाल वायुसेवा निगम व्यवस्थापनले अन्तर्राष्ट्रिय उडानमा सरकारी कर्मचारीलाई निगमकै विमान प्रयोग गर्नुपर्ने बाध्यकारी प्रावधान राख्न प्रस्ताव गरेको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर अरगरियासँग निगम व्यवस्थापनले सरकारी कर्मचारीलाई निगमको विमान प्रयोग गर्नुपर्ने बाध्यकारी नियम बनाउन प्रस्ताव राखेको हो ।

सोमवार निगमले आयोजना गरेको स्वागत एवं छलफल कार्यक्रममा मन्त्री अरगरियाले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताए ।

उनले भने, ‘दक्षता र योग्यताका आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहन्छ, निगमले कोरोनाको महामारीमा पनि आफ्नो जिम्मेवारी सक्षमतासाथ पूरा गरेकोमा सन्तोष व्यक्त गर्दै अझ दरिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता छ । तपाईँहरू त्यसमा केन्द्रित हुनुहोस् ।’

मन्त्रालयका सचिव यादव कोइरालाले निगमलाई परम्परागत ढङ्गमा अगाडि बढाउन नसकिने भन्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजानुपर्नेमा जोड दिए । निगमलाई क्षेत्रीय वायुसेवा कम्पनी बनाउनेतर्फ निगम व्यवस्थापन र कर्मचारी लागि परेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

उनले निर्माणाधीन भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन बापतको राजश्व ५ वर्षका लागि छुट दिनसमेत आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस