२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम्’ : हीरक जयन्ती

अ+ अ-

काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् को ७५ औँ अर्थात् हीरक जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनका विरुद्धमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको विरोध गर्दै देशभर जागरण फैल्याएका थिए । यसले कुना कन्दराका जनतालाई राणा शासकका विरुद्ध सङ्गठित गरेको थियो ।

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको वनारस पुगे । वनारसमा राणा शासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहेका नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम् का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए। त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ।

आन्दोलनको स्वर्ण वर्षको अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतमलाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागतरूपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो । यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने संस्थाका अध्यक्ष डा. बद्री पोखरेलले जानकारी दिए। विगत वर्षमा दिवसका अवसरमा पदयात्रा गरिन्थ्यो ।

यस वर्ष नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण सो कार्यक्रम स्थगित गरिएको छ। उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भने जुम प्रविधिबाट आयोजना गरिएको छ। दिउँसो भने जुम प्रविधिका माध्यमबाट संस्थाले दुई बजे हीरक जयन्ती शुभारम्भ गर्दैछ। कार्यक्रममा पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जयतु संस्कृतम् आन्दोलनका सहभागी एवं पूर्वमन्त्री अच्युतराज रेग्मीलगायतले सम्बोधन गर्नेछन्।

जुम प्रविधिबाट दिवसको कार्यक्रममा सहभागी हुन नसक्नेलाई घरघरमै बसी संस्कृत श्लोक वाचन गरी मनाउन आह्वान गरिएको जयतु संस्कृतम् संस्थाका महासचिव डा. नवराज कट्टेलले बताए । घरघरमा वाचन गरिएको संस्कृत श्लोकलाई विभिन्न माध्यमबाट सार्वजनिक गर्न पनि संस्थाले आह्वान गरेको छ । संस्थाले यसै वर्ष हुन लागेको जनगणनामा संस्कृत भाषा बोल्नेहरुलाई त्यसको अभिलेख दर्ज गराउन पनि आह्वान गरेको छ।

हीरक जयन्तीका अवसरमा संस्थाका प्रदेश समितिले पनि विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी सातै प्रदेशमा दिवस मनाउन लागिएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलनका साथै यही आन्दोलनबाट विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापनामा सहयोग पुगेकाले जयतु संस्कृतमलाई महत्वपूर्ण घटनाकारूपमा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस