एमाले नेता झलनाथ खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एमाले नेता झलनाथ खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आज काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

यसअघि खनाललाई कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। उनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस