कर्णाली प्रदेश सरकारले कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णाली प्रदेश सरकारले कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने भएको छ । शनिवार प्रदेश सभामा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा केन्द्र सरकारको सिको गर्दै कर्मचारीलाई १२ दिन पर्यटन खर्च सहित पर्यटन बिदा दिने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कर्मचारीहरूलाई १२ दिन बिदा दिने योजना नीति तथा कार्यक्रममा समेटिएको हो ।

प्रदेश पर्यटन गुरुयोजनाअनुसार सुनौलो त्रिभुज (काँक्रेविहार–रारा–फोक्सुन्डो’ र सुनौलो सिक्री (वीरेन्द्रनगर–हिल्सा–मानसरोवर) जोड्ने अवधारणा अनुसार यस मार्ग र आसपासका पर्यटकीय पूर्वाधारको विकासलाई अगाडि बढाउने प्रदेश सरकारको योजना छ ।

अन्य सम्भावित पदमार्गहरूको ‘पदमार्ग परीक्षण’ गरी सञ्चालन गर्ने र कालिकोटको पिली, रुकुमको खारा, जाजरकोटको जुनीमा युद्ध सङ्ग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यताको अध्ययन गरी युद्ध पर्यटन छनोट गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस अघि केन्द्र सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमार्फत सरकारी कर्मचारीहरूलाई १० दिन पर्यटन काज दिने घोषणा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस