गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित ५ जना मन्त्रीले लिए सपथ « प्रशासन
prasaLogo
२१ श्रावण २०७८, बिहिबार
   

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेलसहित ५ जना मन्त्रीले लिए सपथ


२९ जेष्ठ २०७८, शनिबार


पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् ।

नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख गीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।

मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।

मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस