२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिएका छन् ।

चिकित्सा शिक्षा आयोगको सातौँ बैठकलाई आज अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई मुटुरोग, क्यान्सर रोगजस्ता विषयमा कति विशेषज्ञ जनशक्ति चाहिएको हो ? कति मध्यमस्तरको जनशक्ति चाहिन्छ? सामान्य प्राविधिक जनशक्ति कति चाहिन्छ? यसको हिसाब हुनुपर्छ र त्यसअनुसारको जनशक्ति उत्पादन नीति हुनुपर्छ ।’ सो आयोगको विगत दुई वर्ष सन्तोषजनक नभएकाले प्रभावकारी काम गर्न उनले निर्देशन दिए ।

उनले त्यसरी आवश्यकताको पहिचान गरी जनशक्ति उत्पादन भएमा रोजगारीको पनि समस्या नहुने बताउँदै अस्पतालमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्दै कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सृजना नभएको समेत जनाए । ‘‘गाउँमा अहिले पनि महिला स्वास्थ्य स्वंसेविका नै त्यहाँका ठूला चिकित्सक हुन् । शहर आएपछि मात्र त्यहाँका जनताले डाक्टर देख्न पाउँछन् । त्यसैले ती ठाउँमा नर्स तहको चिकित्साकर्मी पठाउन सकेमा पनि ठूलै उपलब्धी हुन्छ ।’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धनमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रतर्फ औंल्याउँदै प्रंधानमन्त्री ओलीले त्यसमा पुनरावलोकन गर्न आग्रह गरे । कुन विश्वविद्यालयले कति वटा कलेजलाई सम्बन्धन दिन पाउने भन्ने कुरा त्यो कलेजको सामथ्र्यमा भर पर्ने जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘त्रिभुवन विश्वविद्यालयको क्षमता अन्य विश्वविद्यालयको भन्दा बढी हुन सक्छ । भर्खरै खुलेका विश्वविद्यालयले एउटा कलेजमा मात्रै सम्बन्धन दिने अवस्था हुनसक्छ, यसमाम ध्यान दिनुपर्छ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस