विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । बीएण्डसीलाई सम्बन्धन दिन लागिएपछि विरोधमा उत्रिएका खगेन्द्र सङ्ग्रौलालगायत नागरिक अभियन्ता पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा आयोगको बैठकबाट बिएन्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा उत्रिएका अभियान्ताहरुलाई भाटभटेनी पिपल बोटबाट प्रहरीले पक्राउ गरेको हो।

लेखक खगेन्द्र सङ्ग्रौला, अनुभव अजित, लेखक तथा प्रकाशक अर्चना थापा लगायतलाई प्रहरीले पक्राउ गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे निर्णय गर्न शुक्रवार बालुवाटारमा चिकित्सा शिक्षा आयोगको बैठक बोलाएपछि बृहत् नागरिक आन्दोलनको अगुवाइमा प्रदर्शन गरिएको थियो।

बृहत् नागरिक आन्दोलनले सरकारले जनस्वास्थ्य जस्तो गम्भीर विषयमासमेत जनविरोधी र प्रतिगामी चरित्र प्रदर्शन गरिरहेको भन्दै विरोध जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस