प्रधानमन्त्रीओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्रीओलीले बोलाए चिकित्सा शिक्षा आयोगको बैठक


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन्।

शुक्रवार बिहान ११ बजे प्रधानमन्त्री ओलीले आयोगको बैठक बोलाएको आयोगले जनाएको छ ।

आयोगको अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले बोलाएको उक्त बैठकमा बिएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने नबढाउनेबारे छलफल हुने बुझिएको छ ।

चिकित्सा शिक्षा आयोगले बैठक बोलाइएपछि वरिष्ठ चिकित्सक डा।गोविन्द केसीले ध्यानाकर्षण गराएका छन्।

बिएन्डसीबारे कुनै निर्णय नगर्न आयोग पदाधिकारीलाई सम्झाएका केसीले निर्णय भए प्रधानमन्त्री ओलीविरुद्ध सत्याग्रह बस्ने चेतावनी दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस