२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिरामी छु भनेर तनाव लिन नहुने रहेछ : कोरोना विजेता जनप्रतिनिधि

अ+ अ-

खोटाङ । गत वैशाखयता एक हजार १६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खोटाङमा ३८२ ले कोरोना जितेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५३, हलेसी तुवाचुङ नगरपालिकाका ५३, रावाबेँसी गाउँपालिकाका १७, केपिलासगढी गाउँपालिकाका छ, ऐँसेलुखर्क गाउँपालिकाका ४१, जन्तेढुङ्गा गाउँपालिकाका ३१, साकेला गाउँपालिकाका ५४ तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिकाका र बराहपोखरी गाउँपालिकाका नौ÷नौ जनाले सङ्क्रमण जितेका स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

सात सय ७७ सक्रिय सङ्क्रमित रहेको जिल्लामा वैशाखयता पाँच जनाको मृत्यु भइसकेको छ । हाल दिक्तेल रुपाकोट मझुवागढीमा २६८, हलेसी तुवाचुङमा ११२, रावाबेँसीमा ६२, केपिलासगढीमा ४२, ऐँसेलुखर्कमा ६४, जन्तेढुङ्गामा २५, खोटेहाङमा ४९, साकेलामा ६०, दिप्रुङ चुइचुम्मामा ८० र बराहपोखरीमा १५ जना सक्रिय सङ्क्रमित छन् । जिल्लामा हालसम्म तीन हजार २७८ जनाको एन्टिजेन र एक हजार ५१३ जनाको पिसिआर परीक्षण गर्दा एक हजार १६४ जनालाई सङ्क्रमण पुष्टि भएको हो ।

जिल्लाका दशवटै स्थानीय तहमा हाल एन्टिजेन र पिसिआर परीक्षणको दायरा फराकिलो पारिएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए। हालसम्म निषेधाज्ञा लागू नगरिएको खोटाङमा २४ स्वास्थ्यकर्मी, १० सुरक्षाकर्मी, छ जनप्रतिनिधि र दुई पत्रकार सङ्क्रमित भएका छन् । सङ्क्रमित भएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारमध्ये अधिकांश सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमितमध्ये २४ जना जिल्लाबाहिर सिफारिस भएका छन् भने ३४ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।

पिसिआर परीक्षणका क्रममा यही जेठ ६ गते सङ्क्रमण पुष्टि भएका रावाबेँसी गाउँपालिका प्रमुख लीलानाथ निरौला र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका वडाध्यक्ष चइन्द्र राई भर्खरै सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमण पुष्टि भएपछि होमआइसोलेशनमा बसेका गाउँपालिका प्रमुख निरौलाको जेठ १८ गते गरिएको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।

गाउँपालिका प्रमुख निरौलाको अनुभवमा सङ्क्रमण पुष्टि भएपछि भोक लाग्न छाड्नु, खान मन नलाग्ने, खाएको खानाको स्वाद थाहा नहुने, बान्ता हुन खोज्ने, घाँटी दुख्ने, खोकी लाग्नेजस्ता समस्या देखापरेको थियो । थोरै चिसो पानी मुखमा पर्यो भने पनि टन्सिल हुन खोज्ने शारीरिक समस्या निम्तिने गरेको अनुभव उनले सुनाए ।

कोभिड–१९ को सङ्क्रमणबाट मुक्त हुन के–के विधि अपनाउनुभयो त ? भन्ने प्रश्नमा उनले भने, ‘नियमित तातोपानी पिउनुपर्ने रहेछ । धेरै झोलिलो खानेकुरा खाइरहनुपर्छ । मुख कुल्ला गर्दा पनि तातोपानी प्रयोग गर्नुपर्छ ।’ उजका अनुसार बिरामी छु भनेर तनाव लिन नहुने रहेछ । उनले भने, ‘दिनमा पाँच÷छ लिटर तातोपानी पिएँ । भोक लाग्न थालेपछि मात्र रोगले छाडेको अनुभूति हुँदोरहेछ ।’

सङ्क्रमणमुक्त बने पनि रोगले शरीर शिथिल बनाएको छ । श्वास बढेजस्तो हुने समस्या देखिएकाले खानपानमा अझै पनि ख्याल गर्नुपर्ने अवस्था रहेको गाउँपालिका प्रमुख निरौलाले बताए । आफैँ सङ्क्रमित हुँदा पनि गाउँपालिकाको काम गर्नुपर्ने फोन सम्पर्कले ‘बिरामी छु’ भन्ने अनुभूति नै नभएको उनको भनाइ छ ।

यस्तै जनप्रतिनिधिका नाताले हलेसी तुवाचुङ–७ महादेवस्थानका वडाध्यक्ष राई आफ्नो वडावासीलाई सङ्क्रमणबाट ‘बच्ने र बचाउने’ विधिका बारेमा सचेत गराउँदै हिँड्दा सङ्क्रमित भएका थिए । स्वास्थ्यमा सामान्य कोभिड–१९ सँग मिल्दोजुल्दो समस्या देखिएपछि पिसिआर परीक्षण गर्दा वैशाख २६ गते वडाध्यक्ष राईलाई पनि सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्यकर्मीले सिफारिस गरेको औषधि र घरेलु उपचार विधि अपनाएर वडाध्यक्ष राई दुई हप्तापछि सङ्क्रमणमुक्त बनेका छन्। पिसिआर परीक्षण गर्दा जेठ ११ गते बेलुका नेगेटिभ रिपोर्ट आएको वडाध्यक्ष राईले बताए। ‘कोरोना सङ्क्रमण भएपछि स्वाभाविकरूपमा जो–कोही आत्तिन सक्छन् । मानसिकरूपमा त्रास मान्न सक्छन्’, वडाध्यक्ष राईले भने, ‘उच्च मनोबलका साथ कोरोनासँग जुध्ने हिम्मत गरेँ । ‘म सङ्क्रमित छु वा बिरामी छु’ भनेर कहिल्यै सोचिनँ ।’

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले घरबाहिर निस्किएर समूहमा मनाइने चाडपर्व स्थगन गर्नुका साथै चाडबाडलाई औपचारिकतामा सीमित गरेर मनाउन आग्रह गरेको छ । यस्तै कोभिड–१९ बाट बच्न र बचाउने अभियानका लागि नेपाल सरकारले दिएको निर्देशन र सिसीएमपी÷डिसीसिएमसीले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस