२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र वातावरणबीच सन्तुलन आवश्यक छः मुख्यसचिव वैरागी

अ+ अ-

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताएका छन् । उनले हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि हरित अर्थतन्त्रमा आधारित विकासको खाँचो रहेको औँल्याउँदै तीव्र विकासको चाहनामा भने वातावरण तगारोका रुपमा देखिन नहुने धारणा व्यक्त गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा आज जुमप्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा मुख्यसचिव बैरागीले नेपालले वातावरण संरक्षणमा पु¥याएको योगदानका सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

सो अवसरमा उनले कोभिड–१९ का कारण स्थगित ‘सगरमाथा संवाद’ आगामी अक्टोबरमा आयोजना गरिनेसमेत जानकारी गराए । वातावरण संरक्षणका लागि नीति र कानूनको कमी नभए पनि विश्वस्तरमै यसमा काम गराइमा भने केही ‘ग्याप’ रहेको धारणा व्यक्त गर्दै उनले वातावरण संरक्षण बहुआयामिक विषय भएकाले यसको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको सामूहिक सहकार्य आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा वन सचिव डा प्रेमनारायण कँडेलले ‘नयाँ सोच र सिर्जना, प्राृकतिक प्रणालीको पुनःस्थापना’ भन्ने नाराअनुसार मन्त्रालयले विभिन्न अभियानअघि बढाएको अवगत गराए । आगामी आर्थिक वर्षमा रु एक करोड ५० लाख बिरुवा रोपण गर्ने गरी मन्त्रालयले कार्यक्रम अघि बढाएको जानकारी दिँदै उनले मुलुकको भूभागको करीब ४५ प्रतिशत वन क्षेत्र हुनु राम्रो पक्ष भए पनि अन्य क्षेत्रमा थप काम गर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे ।

सचिव कँडेलले नेपाल जस्तो भौगोलिक विविधता र जोखिम भौगोलिक भूबनोटमा जलवायु परिवर्तन र वातावरणको प्रभाव बढी हुने उल्लेख गर्दै वातावरणका क्षेत्रमा नेपालका नीति र संरचनागत व्यवस्था राम्रो भए पनि ठूलो साझेदारीताको आवश्यकता रहेको बताए ।

नेपालस्थित संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले वातावरण संरक्षणका लागि हरेक महासागरमा प्रदूषण नियन्त्रण, वायु गुणस्तरमा सुधार, वृक्षारोपणलगायत काम आवश्यक रहेको बताए । उनले हिमालको काखमा रहेको नेपाल परिस्थिकीय प्रणालीमा धनी रहेको उल्लेख गर्दै यहाँको जैविक विविधता र प्राकृतिक प्रणाली पुनस्र्थापनाका लागि आफ्नो देशको सहयोगअन्तर्गत विभिन्न काम भइरहेको समेत अवगत गराए ।

मन्त्रालयअन्तर्गतको वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले वातावरण समस्या सम्बोधनका कार्यक्रमसम्बन्धी र मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले मुलुकका वातावरणसम्बन्धी नीतिका बारेमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, त्रिवि वातावरण विज्ञान केन्द्रीय विभागका प्राडा रेजिना मास्के, तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डे, नाष्टका परिषद् सदस्य डा दिनेशराज भुजु, विश्व वन्यजन्तु कोषका डा घनश्याम गुरुङले वातावरणको महत्व र यसको संरक्षणका लागि गर्नुपर्ने कामबारे विभिन्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस