२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गरीबी अन्त्यसँगै रोजगार केन्द्रित बजेट ल्याउँदै छौंँ’

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट गरीबी अन्त्य र रोजगारी सिर्जना गर्नेमा केन्द्रित हुने बताएका छन् ।

पहिलो कोरोना महामारीबाट यहाँका जनताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न कुनै पनि कसर बाँकी नराख्नेबारे जानकारी गराउँदै मन्त्री शर्माले पूर्वाधार विकास र शिक्षालाई सँगसँगै लैजाने बताए ।

‘कर्णालीका नागरिकहरुको बेरोजगारी समस्या हल गर्न रोजगारी सिर्जना गर्ने योजना निर्माणमा छौँ”, उनले भने, “यहाँका प्रत्येक घरपरिवारलाई रोजगार बनाउन सक्यौंँ भने मात्र गरीबी निवारण भएर आत्मनिर्भरता बढ्न सक्छ ।’

आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कर्णाली प्रदेश सरकारले करीब रु ३३ अर्ब बराबरको बजेट ल्याउने तयारीमा रहेको मन्त्री शर्माले बताए।

यता प्रदेश सरकारका आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीताकुमारी नेपालीले कोभिड महामारीको विषम परिस्थितिका कारण सरकारलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न पनि समस्या भएको बताइन्।

यसैबीच नेकपा(एमाले)कर्णाली प्रदेशसभा दलको आइतबार बसेको बैठकले सरकारले असार १ गते बजेट ल्याउनु १५ दिनअघि नै विधेयक, सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति प्रदेशसभामा प्रस्ताव गर्नुपर्ने प्रदेशसभा नियमावली र संविधानतः व्यवस्था भए पनि त्यसो नभएको टिप्पणी गरेको छ ।

त्यसका लागि प्रदेश सरकारले आगामी आवका लागि ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न तत्काल अधिवेशन बोलाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस