२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सकमाथि आक्रमण गर्ने दोषीलाई कारबाही माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

अ+ अ-

बाँके । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन्। कोरोना संक्रमण भई उपचाररत एक संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए ।

कोरोना भाइरस माहामारीको समयमा आफ्ने ज्यन जोखिममा राखी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई लिएर स्वास्थ्यकर्मी आन्दोलित भएको बताएका छन्।

आन्दोलनरत स्वास्थ्यकर्मीहरूले राजनीति चाहिँदैन, स्वास्थ्यकर्मी कुट्न पाइँदैन, नो सेक्युरिटी, नो वर्क, दोषीलाई कारबाही गर, हामीलाई न्याय चाहियो, नेताको पावर चाहिँदैन, पुलिस प्रशासन हायहाय लगायतका नारा लगाउँदै अस्पताल परिसरमै विरोध जनाएको छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले ज्यानै लिनेगरि भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशंकामा स्वास्थ्यकर्मीहरू सन्त्रासमा रहेको बताए। स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन्, स्वास्थ्यकर्मीहरुले काम भने नरोकेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए।

भेरी अस्पतालको सिप्याप भेन्टिलेटरमा उपचाररत गम्भीर अवस्थाका विरामी दाङका ५४ वर्षीय संक्रमितको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्। डा. थापाले ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव गरिरहेको प्रयास सफल हुन नसकेको’ जानकारी दिँदै उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि कुटपिट गरेको बताए। उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए।

मृत्यु हुने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावत थिए। उनको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४(५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ।

मानबहादुरसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ। पक्राउ पर्नेमा छोरा भरत र लोकराज रावत पनि छन्।

मृतकका आफन्तहरूको आक्रमणले ४ जना नर्सिङ स्टाफ र एकजना चिकित्सक घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस