२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप दश जिल्लामा निःशुल्क इन्टरनेट जडान

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले थप दश जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुर्‍याएको छ ।

प्राधिकरणले सोमबार एक सूचना प्रकाशन गर्दै ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो ।

उक्त जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुरयाइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त परियोजना अन्तर्गत गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत, स्याङ्जा र लमजुङ तथा प्रदेश नं। १ का इलाम, सुनसरी, मोरङ, उदयपुर र झापामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार सम्पन्न भएको हो ।

प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउनेछ । गण्डकी प्रदेशका पाँच जिल्लामा वल्र्डलिङ्क कम्युनिकेशनले ब्रोडब्याण्ड नेटवर्क र प्रदेश नम्बर १ का पाँच जिल्लामा टेकमाइन्ड्स् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । प्राधिकरणले उक्त दश जिल्लाका नगरपालिका, गाउँपालिका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरूमा इन्टरनेट सेवा जडान गर्न छुट भएमा १५ दिनभित्र प्राधिकरणमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

यस्तै, प्राधिकरणले उक्त दश जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस