२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर

अ+ अ-

राँझा । कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ ।

तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञाको एक महिनापछि अहिले बाँकेमा कोरोना सङ्क्रमण र विरामीको मृत्युदर घटेको हो । वितेको दुई दिनको अवधिमा बाँकेका सङ्क्रमित बिरामीको मृत्यु भएको छैन भने केही दिन यता सङ्क्रमित हुने भन्दा जित्नेको सङ्ख्या बढ्दै गएको छ ।

कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा सङ्क्रमण दर घटेसँगै अस्पतालमा उपचारको लागि आउने विरामीको सङ्ख्यासमेत घट्दै गएको नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश थापाले बताए ।

‘दैनिक सात/आठ सय लक्षणसहितका सङ्क्रमित फेला पर्ने गरेको बाँकेमा यो एक महिनाको अवधिमा सङ्क्रमित दर ह्वात्तै घटेको छ । लकडाउन र सचेतनाका कारण सङ्क्रमण घट्दै गएको हुनुपर्छ’, डा थापाले भने, ‘पछिल्लो केही दिनयता बाँकेमा कोरोना सङ्क्रमण र मृत्यु दर घटेको छ, यो हामी सबैको लागि खुशीको कुरा हो । तर पनि सजक भई अरुलाई पनि सजकता अपनाउन छोड्नु हुँदैन ।’

उनले कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आउँदैमा कुनैपनि लापर्वाही गर्न नहुने बताए । एक महिनादेखि जारी निषेधाज्ञाले कोरोना सङ्क्रमणको चक्र तोड्न सफल भएकोले घट्दो सङ्क्रमणदरलाई शून्यमा झार्न अव पनि सबैले उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने डा. थापाको भनाइ छ ।

अस्पतालमा घट्यो विरामीको चाप

बाँकेमा कोरोना सङ्क्रमण दर घटेसँगै कोरोना उपचार केन्द्रको रुपमा रहेको भेरी अस्पताल नेपालगञ्जमा कोरोनाका विरामीको चाप घट्दै गएको छ । अहिले बाँके जिल्लाभन्दा धेरै अन्यत्र जिल्लाबाट ‘रिफर’ भई आउने विरामीको सङ्ख्या बढि हुने गरेको डा. थापाले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोनाको लागि निर्माण गरिएको १८० शय्या पुरै भरिएर अस्पतालले इमरजेन्सी कक्ष र त्रिपाल टाँगेर अस्थायी शय्यामा समेत गरी करिब तीन सय सङ्क्रमितलाई उपचार गर्दै आएकोमा अहिले शय्याहरु खाली हुँदै गएका छन् ।

‘अहिले बाँकेका भन्दा पहाडी जिल्लाबाट आउने विरामीको सङ्ख्या बढी छ, पहिलेको तुलनामा अहिले अवस्था सामान्य हुँदै गएको छ’, डा।थापाले भने, ‘अहिले भेरी अस्पतालमा बेडको अभावका कारण भुईंमा सुतेर उपचार गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

बाँकेमा आइतबार चार सय ५२ जनाले कोरोना जितेर निको हुँदा एक सय १४ जना सङ्क्रमित थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, भेरी अस्पतालमा तीन सय ६८ जनाको परीक्षण गर्दा दुई सय ६५, शिक्षण अस्पताल कोहलपुरमा एक सय १२ जनाको जाँच गर्दा ३६ र बागेश्वरी ल्याबमा एक सय ९० जनाको जाँच गर्दा ८९ जनामा कोरोना पुष्टि भएको हो ।

महिना दिनमा धेरैको मृत्यु

कोरोना महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा गतवर्ष जस्तै यो वर्ष पनि सङ्क्रमण तीव्र गतिले फैलिँदा ठूलो सङ्ख्यामा सर्वसाधारणले अकालमै ज्यान गुमाउनु परेको छ ।

गतवर्ष कोरोना महामारीको शुरुमै ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएर चर्चामा रहेको बाँकेलाई कोरोनाले निरन्तर दुःख दिइरहेको छ । विसं २०७७ वैशाख १९ गते पहिलो सङ्क्रमित फेला परेको बाँकेमा जेठ ३ गतेबाट मृत्युको सिलसिला शुरु भएको थियो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कअनुसार २०७७ वैशाख १९ गतेदेखि चैत मसान्तसम्मको एक वर्षमा बाँकेमा चार हजार ९५८ जना सङ्क्रमित हुँदा चार हजार ७०२ जना निको भई घर फर्किए । यो अवधिमा ५८ जनाको मृत्यु भयो । यो एक वर्षलाई २०७८ सालको वैशाख महिनाले मात्रै उछिनेको छ । वैशाखमा दोब्बर बढी सङ्क्रमित भए, झण्डै तेब्बर सङ्ख्यामा मृत्यु भएको छ ।

‘बाँकेको यो तथ्याङ्कले दोस्रो लहरको कोरोना खतरनाक रहेको देखिन्छ । कोरोनाको हिसावले बाँके पहिलो वर्ष पनि ‘हटस्पट’ बनेको थियो । वैशाख महिनामा पनि हालत त्यस्तै भयो । सङ्क्रमित र मृत्यु सङ्ख्यालाई हेर्दा एक वर्षलाई एक महिनाले धेरै पछाडी पारेको छ’, वलीले भने, ‘गत वैशाखमा दश हजार एक सय १४ जना सङ्क्रमित भए । छ हजार चार सय ७० जना निको भएर घर फर्किएका छन् । मृतकको सङ्ख्या एक सय ६७ छ । बाँकेमा शुरुदेखि वैशाख मसान्तसम्ममा १५ हजार ७२ जना सङ्क्रमित भएका थिए ।’

पहिलो लहरको कोरोना महामारीमा समयमै सङक्रमितको सम्पर्कमा आएकाको सोधीखोजी गर्ने, धेरै सङ्क्रमित देखिएका टोललाई सील गर्ने काम भएको थियो भने सरकारले चाडै नै लकडाउन गरेको थियो तर सावधानी अपनाउन दोस्रो चरणमा केही ढिलाई भएको पाइएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको भनाइ छ ।

‘जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, बाँकेको वैशाख ३ गतेको बैठकमै हामीले तत्काल लकडाउन गर्न पटक–पटक आग्रह गरेका थियौँ तर त्यसलाई गम्भीरतापूर्वक लिइएन’, धितालले भने, ‘ढिला गरेर वैशाख ९ गते नेपालगञ्जमा मात्र निषेधाज्ञा लगाउने काम भयो । यतिबेलासम्म ढिला भइसकेको थियो ।’

दोस्रो लहर शुरु भइसक्दा बाँकेमा मान्छेको आवतजावत भीडघाड रोक्न, भारतबाट आएकालाई जाँच गरेर मात्रै घर पठाउने काममा ढिलाई, अस्पतालमा कुरुवा वा आफन्तको भीडभाड, जो भित्र र बाहिरी गरिरहे, आफन्तबाट शव व्यवस्थापन र सबैभन्दा खतरनाक त पहिलो चरणको जस्तो सम्झिएर कोरोनालाई सामान्य रुपमा लिइदा वैशाखमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा फैलिन पुगेको धितालको भनाइ छ ।

बाँकेमा कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि निषेधाज्ञा गरेको एक महिना वितेको छ । गत वैशाख ९ गतेदेखि जारी निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालय बाँकेले जेठ १७ गतेसम्म थप गरेको छ ।

कोरोना सङ्क्रमणको दर घट्दै गएपनि जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जेठ १७ गते राती १२ बजेसम्म एकहप्ता थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । कोरोना सङ्क्रमणलाई शून्य अवस्थामा झार्न अत्यावश्यक सेवा बाहेक हिँडडुलमा समेत निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस