२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञा उल्लङ्घन कायमै, आज मात्रै आदेश उल्लङ्घन गर्ने चार हजार ८५९ सवारी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । विश्वव्यापी महामारी फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गर्ने क्रम अझै रोकिन सकेको छैन । सङ्क्रमण दर बढ्दो क्रममा रहेको र दैनिक झण्डै २०० को हाराहारीमा मानिसको मृत्यु भएरहेको विवरण सार्वजनिक हुँदासमेत लापरवाही गर्दै उल्लङ्घनको क्रम कायमै छ ।

आज मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार ८५९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीमध्ये एक हजार ४९७ गाडी र तीन हजार ३६२ मोटरसाइकल छ । यस्तै मास्क नलगाई हिँड्ने क्रमसमेत रोकिन सकेको छैन । नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईँको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने २३४ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना तिराएर कारवाही गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।

तीन हजार ६०७ जनालाई सम्झाइ/बुझाइ गरी छाडिएको छ । आज नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट ९४ खाली अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका ९४ वटा र यसअघिको स्टक रहेका २६ वटा गरी जम्मा १२० सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।

स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो । नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म जम्मा नौ हजार ४४७ वटा सिलिन्डर सङ्कलन गरी सकेको छ ।

प्रतिक्रिया दिनुहोस