मेरो स्वास्थ्य ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेरो स्वास्थ्य !


४ जेष्ठ २०७८, मंगलबार


जन्मँदै मेरो स्वास्थ्य बीमा सरकारले गरेको छ
घरका सबै परिवारको पहिले नै बीमा छ
बिरामी हुँदा एक फोनमा एम्बुलेन्स आइपुग्छ
आँगन मै डाक्टर र नर्सको टोली हुन्छ
अक्सिजन सहित अस्पताल चाँडो पुगिन्छ
अकाल मै मैले ज्यान गुमाउनु पर्दैन
किन कि मसँग मेरो देश छ
सुविधायुक्त अस्पताल छ
विज्ञ डाक्टर छन्
म ढुक्क छु ।

ठुलो महामारी आउँदा पनि पूर्व तयारी छ
स्वास्थ्य उपचार एक प्रणालीमा चलेको छ
सबैको लागि समान उपचारको व्यवस्था छ
अँ साँची अहिले त कोरोना महामारी पो छ!
तर म ढुक्क छु मसँग मेरो देश छ
मेरो उपचार सहज हुन्छ
मैले बेलैमा खोप पाउँछु
दुवै डोज लाउँछु।

हाम्रो सरकारले सबै व्यवस्था गरेको छ
मैले यसो भन्ने दिन कहिले आउँछ ?
बिरामीको लागि दाउरा को जोहो होइन
एक सिलिन्डर अक्सिजन कहिले पाउँछ ?

प्रतिक्रिया दिनुहोस