२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा उद्योग वाणिज्य सङ्घद्वारा निःशुल्क कोभिड एम्बुलेन्स

अ+ अ-

खलङ्गा । उद्योग वाणिज्य सङ्घ जुम्लाले कोरोना सङ्क्रमितका लागि निःशुल्क कोभिड एम्बुलेन्सको व्यवस्था गरेको छ । गत वैशाख २६ गते बसेको बैठकले सङ्क्रमित बोक्ने कोभिड एम्बुलेन्स प्रयोगमा ल्याउने निर्णय गरेको थियो । कोरोना महामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गरेको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जब अलिमनियारले बताए ।

उनले भने, ‘निजी गाडी मासिक भाडा तिर्ने गरी कोभिड एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएका छौँ । पहिलो चरणमा एक महिनाको लागि सञ्चालनमा ल्याएका छौँ ।’ सङ्क्रमणको अवधि बढ्दै गएको खण्डमा अर्को व्यवस्था गरिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष अलिमनियारले बताए ।

कोभिड एम्बुलेन्सको व्यवस्था गरेको विषयमा सङ्घले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई जानकारी गरेको अध्यक्ष मनियारले भने, ‘कोभिड एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ ।’ सङ्घको हलमा आइसोलेशन बनाउने निर्णय पनि भएको छ । आइसोेलेशन कक्ष सञ्चालनका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय र चन्दननाथ नगरपालिकालाई आग्रहसमेत गरिएको उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ ।

देशमा दोस्रो लहरको कोरोना महामारीको समयमा सबैले सामूहिक भावनाका रुपमा काम गरे कोभिड– १९ को सामना गर्ने सकिने उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष मनियारले बताए । एम्बुलेन्स सेवा लिनका लागि सम्पर्क व्यक्ति र नम्बरसमेत तोकिएको छ । उद्योग वाणिज्य सङ्घको ल्यान्डलाइन नं ०८७ स् ५२००३८ मा फो गर्न सकिनेछ ।

यसैगरी, ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नंमा सम्पर्क गर्न आग्रहसमेत गरिएको छ । सम्पर्क व्यक्तिका रुपमा उद्योग वाणिज्य सङ्घको कर्मचारी पारस उपाध्यायलाई उद्योग वाणिज्य सङ्घ जुम्लाले जनाएको छ । प्रतिष्ठानको प्रवक्तामा डा रमेश जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रवक्तामा डा रमेश भट्टराई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले डा भट्टराईलाई प्रतिष्ठानको प्रवक्तामा नियुक्त गरेका हुन् ।

प्रतिष्ठानको महत्वपूर्ण पद मानिने प्रवक्ताको जिम्मेवारी पाएका डा भट्टराई एनेस्थेसिया एवं क्रिटिकल केयर विशेषज्ञ हुन् । उनी ६ वर्षदेखि जुम्लामै रहेर सेवा पुर्याउँदै आएका छन् । बुटवल घर भएका युवा चिकित्सक डा भट्टराई कर्णालीका दूरदराजमा हुने स्वास्थ्य शिविरहरुमा पनि सक्रिय रहँदै आएका छन् । नवनियुक्त प्रवक्ताको कार्यकाल चार वर्षको हुने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस