२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीबाट लाखौँ क्षति

अ+ अ-

दोलखा । बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गङ्गाबहादुर दाहालका घरमा आगलागी भएको छ । आज बिहान करीब ११ः३० बजेतिर भएको आगलागीबाट सम्पूर्ण घर जलेर खरानी भएको छ ।

स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी ट्याङ्कीसमेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीयवासी सुजन दाहालले जानकारी दिए ।

भूकम्पले क्षति भएपछि निर्माण भएको उक्त घरमा दाहाल परिवारको बसोबास थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, गरगहना, रुपैयाँपैसासमेत जलेर नष्ट भएको छ । विद्युतीय सर्किटबाट आगलागी भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।

कुनै मानवीय क्षति नभए पनि घरबासविहीन भएका अवस्थामा तत्कालै बसोबासको व्यवस्था मिलाउन स्थानीय सरकार र सहयोगी संस्थालगायत सहयोगी निकायमा अनुरोध गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । अहिले घटनास्थलमा प्रहरीले प्रारम्भिक मुचुल्का तयार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस