मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने « प्रशासन
Logo ६ आश्विन २०७८, बुधबार
   

मध्यपुर अस्पतालले अब बिरामी भर्ना नलिने


२९ बैशाख २०७८, बुधबार


मध्यपुरथिमि । भक्तपुर, मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ ।

अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जानकारी दिएका हुन् ।

अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने जारी रहेका अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले सहज आपूर्ति नभएसम्म कोभिड र अक्सिजन चाहिने अरु बिरामी अस्पतालले भर्ना नगर्ने जानकारी दिइएको हो ।

अहिले अस्पतालमा उपचार गराइरहेका बिरामीलाई पनि अक्सिजन नहुँदा कठिनाइ आएको अस्पतालका अध्यक्ष विष्णुराज कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस