नर्स, डाक्टरसहित १७१ कर्मचारी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नर्स, डाक्टरसहित १७१ कर्मचारी माग


२८ बैशाख २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले एक सय जना नर्स र ४५ जना डाक्टरसहित एक सय ७१ जना कर्मचारीको माग गरेको छ।

सेन्टरले आज सूचना जारी गर्दै स्टाफ नर्स एक सय, मेडिकल अधिकृत ४०, कन्सल्टेन्ट क्रिटिकल केयर विशेषज्ञ वा एनेस्थेसियोलोजिष्ट पाँच जना, रेडियोग्राफर १० जना, ल्याब टेक्निसियन १० जना र हेबी सवारी चालक ६ जना गरी एक सय ७१ जना करारमा कर्मचारी माग गरेको हो ।

ट्रमाले कोभिड संक्रमितको उपचार तथा हेरचाहका लागि कर्मचारी माग गरेको हो। आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने छन्।

Tags :
प्रतिक्रिया दिनुहोस