नेप्से २७ अंकले बढ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेप्से २७ अंकले बढ्यो


२८ बैशाख २०७८, मंगलबार


शेयर बजार

काठमाडौँ । मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएका छन् । नेप्से परिसूचक २७.४७ अंकले बढेर २ हजार ६ सय ७३.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेको छ ।

कारोबार रकम पनि करिब ६ अर्ब रुपैयाँ पुगेको छ । दिनभर भएका ६२ हजार ६५९ कारोबारबाट २२० कम्पनीका १ करोड ८ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार रुपैयाँ पुगेको हो ।

सबैभन्दा धेरै व्यापार समूहको इन्डेक्स ५।७९ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सबइन्डेक्स २ प्रतिशत धेरैले बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस