गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य


२७ बैशाख २०७८, सोमबार


पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरिसकेकी छन् । मुख्यमन्त्री गुरुङले आइतबार राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस