जसपाले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जसपाले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी९जसपा०ले प्रधानमन्त्री केपी ओलीले सोमबार सङ्घीय संसद्को प्रतिनिधिसभाबाट लिने विश्वासको मतमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ ।

आइतबार पार्टीका शीर्ष नेताहरूबिच सङ्घीय अध्यक्ष बाबुराम भट्टराईको निवासमा भएको छलफलले सांसदहरूले स्वविवेकले विश्वासको मतको पक्ष वा विपक्षमा भोट हाल्न पाउने निर्णय गरेको हो ।

सांसदहरूलाई ह्विप नलगाउने र पक्ष वा विपक्ष जेमा भोट हाले पनि त्यसलाई पार्टीभित्र छलफलका विषय नबनाउने निर्णय गरेको जसपा एक नेताले बताएका छन् ।

नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जसपा पछिल्लो समय प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा दुई धारमा विभक्त रहेकोमा यही विवादलाई सल्टाउन नसक्दा पार्टी फुटको सँघारमा पुगेपछि जसपा नेताहरूले आइतबार नयाँ विकल्पमा सहमति गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस