सुर्खेत उपत्यकाको निकास खोला चौडा बनाउने कार्य अन्तिम चरणमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुर्खेत उपत्यकाको निकास खोला चौडा बनाउने कार्य अन्तिम चरणमा


२६ बैशाख २०७८, आइतबार


सुर्खेत । वीरेन्द्रनगर ९ स्थित निकास खोला चौडा बनाउने कार्य यस वर्ष अन्तिम चरणमा पुगेको छ ।

निर्माणाधीन ५ सय ८० मिटर साँगुरो चौडा खोलाको दुवै तिरका किनारा बनाउन ३ करोड ८० लाखको लागतमा ठेक्का सम्झौता गरिएको कार्य अन्तिम चरणमा पुगेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, सुर्खेतले जनाएको छ ।

पानी निकास हुने स्थान साँगुरो भएर वर्षातको समयमा वर्षेनी वीरेन्द्रनगर पालिकाको दक्षिणी भाग डुबानमा परि मानवीय तथा भौतिक क्षति हुँदै आएको छ ।

कार्यालय प्रमुख श्रीधर भट्टराईका अनुसार, निर्माणाधीन निकास खोलाको १५ मिटर बटम र ३५ मिटर टप चौडाइ रहेको छ । आ.व २०७७/०७८ मा ५ सय ८० मिटर चौडा निकास खोला अन्तिम चरणमा भए पनि आर्थिक २०७८/७९ मा १७ सय ८० मिटर निकास खोलाको दुबै किनारा चौडा बन्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस