रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुपन्देहीमा थप चार जना कोरोना संक्रमितको मृत्यु


२६ बैशाख २०७८, आइतबार


बुटवल । रुपन्देहीमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा भर्ना भएका बुटवल उपमहानगरपालिकाका दुई जना महिला र तिलोत्तमा नगरपालिकाका एक महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको हो ।

शनिबार संक्रमण पुष्टि भएकी तिलोत्तमा–१ की ४५ वर्षीया महिलाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा आज दिउँसो ३ बजे मृत्यु भएको हो । यस्तै वैशाख २४ गते संक्रमण पुष्टि भएका तिलोत्तमा–३ का ४० वर्षीय पुरुषको आज मध्यान्ह १२:२१ बजे अस्पतालको इमर्जेन्सीमै मृत्यु भएको हो ।

यस्तै वैशाख २५ गते संक्रमण पुष्टि भई इमर्जेन्सीमा भर्ना भएकी बुटवल–८ की ६५ वर्षीया महिलाको आज मध्यान्ह १२:२० मा मृत्यु भएको हो, भने वैशाख २४ मा संक्रमण पुष्टि भएका बुटवल–३ की ७४ वर्षीया महिलाको शनिबार राति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस