नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै, सांसदहरूको राजीनामाबारे छलफल गर्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै, सांसदहरूको राजीनामाबारे छलफल गर्ने


२६ बैशाख २०७८, आइतबार


काठमाडौँ । सांसदहरूले राजीनामा दिने नदिनेबारे निर्णय गर्न नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ०७५ जेठ २ मा फर्किन नमाने सांसदहरूले राजीनामा दिने वा के गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

बैठक कति बजे बस्ने भनेर निश्चित भई नसकेको एक सांसदले बताए । तर आज भर्चुअल माध्यमबाट भए पनि बैठक बस्ने र कसरी अगाडि बढ्ने भनेर छलफल गरिने ती सांसदको भनाइ छ ।

शनिवार साँझ बसेको सांसदहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ मा फर्कन २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि (२७ गते) संसद् अधिवेशन बोलाइएको छ । ओलीले आफ्नै अडान राखे नेपाल समूहका सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस