स्वास्थ्य मन्त्रालयको सिफारिसबिना अक्सिजन विक्री वितरण गरे कारवाही ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्य मन्त्रालयको सिफारिसबिना अक्सिजन विक्री वितरण गरे कारवाही !


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायीक तथा निजी अस्पतालहरुलाई ग्यास सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीलाई अनुरोध गरेको छ।

दिनप्रतिदिन फैलिरहेको कोभिड-१९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेकाले अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना ग्यास सिलिन्डर भरी बिक्री वितरण नगर्न सम्बन्धित कम्पनीलाई अनुरोध गरेको हो । आफ्नो निर्देशनबिपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस