अस्पतालमा तत्काल अक्सिजन आपूर्ति गर : काँग्रेस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अस्पतालमा तत्काल अक्सिजन आपूर्ति गर : काँग्रेस


२५ बैशाख २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले अस्पतालमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेको छ ।

पार्टीको कोभिड—१९ अनुगमन समितिले देशभरका अस्पतालमा शय्या नपाएर कोरोना उपचारबाट वञ्चित हुनुपरेको र अक्सिजनको अभाव हुन थालेको प्रति सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ ।

काँग्रेस सह महामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले आवश्यकताअनुसार देशका विभिन्न ठाउँमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस