काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने बताएको छ।
संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ ।
प्रधानमन्त्री ओली स्वयंले नै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि काँग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रस्टाएको छ।
बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
यस्तै बैठकले चैत २१ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदनसमेत गरेको छ।