उच्च अदालत पाटनमा कार्यरत प्रहरी नायब निरीक्षकको शव फेला « प्रशासन
Logo ११ आश्विन २०७८, सोमबार
   

उच्च अदालत पाटनमा कार्यरत प्रहरी नायब निरीक्षकको शव फेला


२५ बैशाख २०७८, शनिबार


वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा आज एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो ।

गोरक्षश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले शव देखेर प्रहरीलाई खबर गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस