मस्तिष्काघातका कारण वडा सदस्य भण्डारीको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मस्तिष्काघातका कारण वडा सदस्य भण्डारीको मृत्यु


२४ बैशाख २०७८, शुक्रबार


नुवाकोट । विदुर नगरपालिका–२ का वडा सदस्य राधाकृष्ण भण्डारीको गए राति मस्तिष्काघातका कारण मृत्यु भएको छ । पचास वर्षीय भण्डारी लामो समयदेखि उच्च रक्तचापबाट पीडित थिए ।

बिहीबार राति करीब ९ बजे रक्तचाप बढेपछि उनलाई उपचारका लागि काठमाडौंँ लगिएको थियो । भण्डारीका उपचारका लागि न्युरो अस्पताल पुर्याउनासाथ मृत्यु भएको जानकारी अस्पतालले परिवारलाई दिएको थियो ।

नेकपा (एमाले)बाट निर्वाचित वडा सदस्य भण्डारीको निधनमा दुःख व्यक्त गर्दै नगर प्रमुख सञ्जु पण्डितले नगरले एक असल जनप्रतिनिधि गुमाएको बताए । उनको निधनमा शोकव्यक्त गर्न आज एकदिन नगरपालिकाका १३ वटै वडा कार्यालय बन्द गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस