वीरेन्द्रनगरमा २५ श्ययाको कोभिड अस्पताल सञ्चालनमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वीरेन्द्रनगरमा २५ श्ययाको कोभिड अस्पताल सञ्चालनमा


२४ बैशाख २०७८, शुक्रबार


कर्णाली । प्रदेश अस्पताल सुर्खेतमा कोरोना भाइरसका गम्भीर बिरामीले भरिएपछि वीरेन्द्रनगर नगरपालिकाले आफ्नै व्यवस्थापनमा २५ श्ययाको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले साबिकको कटकुवा स्वास्थ्य चौकीको नवनिर्मित भवनलाई कोभिड अस्पतालका रुपमा आजदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिले फैलिएसँगै वीरेन्द्रनगरले पूर्व तयारीका कार्यहरु थालनी गरेको थियो । नगर प्रमुख देवकुमार सुवेदीले कोरोना परीक्षणको दायरा बढाउनुका साथै गम्भीर बिरामीलाई चिकित्सकीय सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याएको बताए । ‘अस्पतालमा अक्सिजन सुविधा र सङ्क्रमित बोक्न चौबिसै घण्टा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं,’ उनले भने, ‘नगरपालिकाको स्वास्थ्य जनशक्तिका अतिरिक्त प्रदेश अस्पतालका चिकित्सकहरुलाई कन्सल्ट्यान्टको रुपमा पनि खटाउँदैछौं ।’

हाल वीरेन्द्रनगरमा एक हजार २७९ सक्रिय सङ्क्रमित छन् । तीमध्ये एक हजार १६ जना आइसोलेशनमा छन् । त्यस्तै, १० जनाको मृत्यु भइसकेको छ । नगरपालिकाले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको छ । अस्पताल सञ्चालन शुभारम्भ कार्यक्रममा नगर प्रमुख सुवेदीका साथै उपप्रमुख मोहनमाया ढकाल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरु नवराज केसी, अर्चना कार्की, प्रदीप न्यौपाने र नगर स्वास्थ्य शाखाका कर्मचारीहरुको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस