अहिले ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अहिले ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैन: स्वास्थ्य मन्त्रालय


२४ बैशाख २०७८, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरम इन्स्टिच्युटसँग ५० लाख खोप खरिद हाललाई सम्भव नभएको बताएको छ ।

शुक्रबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य मन्त्रालयले ती समाचारमा कुनै सत्यता नरहेको समेत जनाएको छ । प्रवक्ता जागेश्वर गौतमद्वारा जारी वक्तव्यमा सिरम इन्स्टिच्युटले चाँडै खोप आपूर्ति गर्ने जानकारी मन्त्रालयलाई दिएको समेत उल्लेख गरिएको छ ।

सेरमले दिनुपर्ने २० लाख डोज खोपमध्ये १० लाख प्राप्त भएको र बाँकी खोपको आपूर्ति वर्तमान विश्व परिस्थितीमा निर्भर हुने जनाइएको छ ।

सिरम इन्स्टिच्युटले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकतामा रहेको तर, सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुने वित्तिकै खोप आपूर्ति गर्ने जानकारी दिएको समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस