नेपाल-देउवाबिचको छलफल सकियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाल-देउवाबिचको छलफल सकियो


२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबिच भएको छलफल सकिएको छ ।

आफू निकट केही नेतासहित बिहीबार साँझ देउवा निवासमा पुगेका नेपालले करिब एक घण्टा बढी छलफल गरेका हुन् ।

छलफलमा सहभागी एक काँग्रेस नेताका अनुसार देउवा र नेपालबिच सैद्धान्तिक छलफल भएको छ ।

बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षबिच भएको भेटलाई अर्थपूर्णरुपले हेरिएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने बताई रहँदा त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरूबिच छलफल भएको बुझिएको छ ।

देउवासँगको छलफल सकेर नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेको स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस