सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई मातृशोक


२३ बैशाख २०७८, बिहिबार


डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ । केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको आज निधन भएको हो ।

केही दिन पहिलेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको आज आफ्नै निवासमा मृत्यु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेका छन् ।

आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उनको घरपरिवारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस