निषेधाज्ञामा फसेका पर्यटकको उद्धार गर्न सञ्चार सेल गठन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

निषेधाज्ञामा फसेका पर्यटकको उद्धार गर्न सञ्चार सेल गठन


प्रशासन संवाददाता

२३ बैशाख २०७८, बिहिबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डले निषेधाज्ञापछि मुलुकका विभिन्न भेगमा फसेका पर्यटकको उद्धार र समन्वय गर्न विपद व्यवस्थापन तथा सञ्चार सेल गठन गरेको छ ।

सेलले पर्यटकहरूको उद्धार तथा समन्वयका साथै नेपाल भारत एयर बबल सम्झौता अनुरुप भारतबाट नेपाल आउने यात्रुको होटल क्वारेन्टाइन व्यवस्थापन र अनुगमनलगायत काममा सहजीकरण गर्ने भएको हो ।

सोही बमोजिम बोर्डले बुधबार गृह मन्त्रालयको समन्वयमा देशका विभिन्न भागबाट पर्यटकहरूको उद्धार गरी काठमाडौँ ल्याएको छ । बोर्डको तथ्यांक अनुसार लाङटाङबाट ५ जना पोलिस, पोखराबाट ४ जना युक्रेनी र लुक्लाबाट २ जना अमेरिकन गरी ११ जना विदेशी नागरिकलाई उद्धार गरी काठमाडौँ ल्याएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको २१ वैशाखको निर्णय अनुसार बोर्डले हवाई यात्रुको होटल क्यारेन्टिन मापदण्ड तयार गरी मन्त्रालयबाट सूचिकृत होटहरूसँग सम्पर्क र समन्ववय गरी सहजिकरण गरेको समेत जनाइएको छ ।

बोर्डले महामारीको समयमा आवश्यक सूचनाको अभावमा कुनै पर्यटक कतै अलपत्र पर्न नपरोस तथा अन्य सरोकारवाला निकायहरूले समेत आवश्यक परेको समयमा सूचना गर्न सकुन भनेर हटलाइन, मेल तथा वेव –Hotline :- 9851252666,Email :- [email protected],Website :-www.welcomenepal.com/plan-your-trip/covid-19 सञ्चालनमा ल्याएको समेत जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस