अक्सिजनको कालोबजारी भइरहेको भन्दै गलत कुरा फैलाएको आरोपमा एक युवक पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अक्सिजनको कालोबजारी भइरहेको भन्दै गलत कुरा फैलाएको आरोपमा एक युवक पक्राउ


प्रशासन संवाददाता

२२ बैशाख २०७८, बुधबार


धनगढी । अक्सिजनको कालोबजारी भइरहेको भन्दै अफवाह फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ का तेजबहादुर खड्का रहेका छन् ।

धनगढीबाट ६५० सिलिन्डर अक्सिजन कालोबजारी गरेर पहाडतिर ट्रकमा लैजाँदै गरेको भन्दै झुटो हल्ला फैलाएकाले उनलाई पक्राउ गरिएको हो ।

उनले सामाजिक सञ्जाल फेसबुकमा कालोबजारी भएको भन्दै गलत कुरा सार्वजनिक गरेको पाइएपछि पक्राउ गरिएको हो । अहिले उनीमाथि सोधपुछ गर्ने काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस