Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारीसाधन चलाउन महासङ्घको आग्रह


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेको छ ।

महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले आज विज्ञप्ति जारी गरी विश्वमा फैलिएको नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाले नेपालमा ठूलो स्वास्थ्य समस्या निम्त्याएको भन्दै निशेषधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक सवारी साधन चलाउन आग्रह गरेका हुन् ।

‘पछिल्लो समय कोरोना सङ्क्रमणका कारण थुप्रै यातायात व्यवसायी, मजदुर तथा यात्रु सङ्क्रमित हुनुका साथै थुप्रै व्यवसायी, मजदुर तथा यात्रुले अकालमै ज्यान गुमाएका छन् । यस्तो अवस्थामा स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न सबैलाई आग्रह गर्दछु’, महासचिव सिटौलाले भने ।

उनले कोरोना सङ्क्रमणका कारण अकालमा ज्यान गुमाएका यातायात व्यवसायी मजदुर तथा यात्रुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस