सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको भए पनि नयाँ सत्ता समीकरणका लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुङ्गोमा पुग्न नसकेका कारण निर्णयमा पुग्न सकेको थिएन ।

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेसँगै भने पार्टीले बैठक बोलाउँदै समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस