बन्द भयो आन्तरिक उडान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बन्द भयो आन्तरिक उडान


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित बनाएको छ ।

सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने छ ।

यसबीचमा अत्यावश्यक अवस्थामा हेलिकोप्टर तथा जहाज चार्टर्ड गरेर भने उडाउन सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस