७ हजार डोज रेमडेसिभिर औषधी ढाकाबाट आइपुग्यो काठमाडौँ « प्रशासन
prasaLogo
२१ बैशाख २०७८, मंगलवार

७ हजार डोज रेमडेसिभिर औषधी ढाकाबाट आइपुग्यो काठमाडौँ


प्रकाशित मिति : 4 May, 2021 3:11 pm

काठमाडौँ । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधी रेमडेसिभिरको सात हजार डोज औषधी आज बंगलादेशबाट काठमाडौँ आइपुगेको छ ।

औषधी व्यवस्था विभागका अनुसार आजैदेखि उक्त औषधीको वितरण सुरु गरिने भएको छ । कोरोना संक्रमित बढ्दै गएको र उक्त औषधीको माग पनि वृद्धि हुन थालेपछि नेपाल ल्याइएको विभागले जनाएको छ । दिउँसो ३ बजेदेखि औषधीको वितरण सुरु भएको छ ।

उक्त औषधीलाई काठमाडौँ र प्रदेशस्थित कोभिड अस्पतालमा पठाउने तयारी भैरहेको छ । नेपालस्थित आधिकारिक आयातकर्ताको पहलमा औषधी ल्याइएको हो ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले शनिबार केही दिनभित्रै कोभिडका लागि चाहिने अत्यावश्यक औषधी काठमाडौँ आइपुग्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार देशवासीको नाममा सम्बोधन गर्दै चीन र रुसबाट खोप ल्याउन खरिद प्रक्रिया सुरु गरिएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस