कोरोना महामारी रोकथाम गर्न कोका–कोलाले २ करोड ४० लाख सहयोग गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना महामारी रोकथाम गर्न कोका–कोलाले २ करोड ४० लाख सहयोग गर्ने


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ । कोका–कोलाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न दुई करोड ४० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

कोरोना भाइरसको दोस्रो वेभको विनाशबाट राहत दिन राष्ट्रव्यापी प्रयासहरू तीव्र भएकाले नेपालमा कोका—कोलाले यो सङ्कटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पु¥याउन र फैलिएको महामारीलाई रोक्न उक्त रकम दिने प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपालमा कोका–कोलाले खोप अभियानहरूमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरू (उदाहरणका लागि पीपीइ, मास्क, ग्लोभ, सेनिटाइजरहरु आदि) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देश भर जागरूकता फैलाउने जनाएको छ ।

कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रूपमा एक विशेष “स्टप द स्प्रेड” कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, स्यानिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरूकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस