बिल गेट्सको सम्बन्ध विच्छेद « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बिल गेट्सको सम्बन्ध विच्छेद


२१ बैशाख २०७८, मंगलबार


काठमाडौँ। माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने भएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी दिएका हुन् ।

ट्वीटरमा संयुक्त वयान सार्वजनिक गर्दै बिल गेट्स भनेका छन्, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौँ।’

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो । जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् ।

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् ।

उनीहरुका तीन सन्तान छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस